2024-03-29

Close

काठमाडाैं : सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई दिएपछि र एमाले माओवादी ब्युँत्यादिएपछि प्रचण्ड समूहबाट पुनः एमालेमा फर्किएका माधव नेपाल समूहले आज काठमाडाैंको एक होटलमा गुट भेला गरेको छ। भेलामा नेपाल समूहका नेताहरूले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने बताएका छन्।

यो समूहका केन्द्रीय कमिटीका नेताहरूले अहिलेको वामपन्थीको सरकार जोगाउनुपर्ने र विस्तारै विकल्प खोज्दै जाने बताएका छन्।

बैठक सकेर बाहिरएका रघुजी पन्तले पत्रकारहरूसँग भने, ‘साथीहरूको सुझाव वामपन्थी सरकार जोगाउनुपर्छ भन्ने छ। पार्टी फेरि पनि दुई वटा भएको छ, तत्काल एकता सम्भव होला/नहोला वामपन्थीहरूको मोर्चा भए पनि बनाएर सरकार जोगाउनुपर्छ।’

उनले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले फेरि पनि वाम एकताको नेतृत्व लिनुपर्ने अवस्था आएको बताए। अब कसरी एकताबद्ध हुने भन्ने जिम्मा पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीकै काँधमा रहेको यो समूहले बताएको छ। थाहा खबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds