2024-04-19

Close

विपिन कुमार यादव,जनकपुरधाम : धनुषाको कमला नगरपालिका ५ लक्कडस्थित स्वास्थ्य चौकीको छतमै ‘डान्स प्रोग्राम’ गराएको छ । जितियाको अवसरमा स्वास्थ्य चौकीकै भवनको छतमा गरिएको ‘डान्स प्रोग्राम’को भिडियो सार्वजनिक भएको हो ।

माथि छतमा नृत्य चल्दै गर्दा तल ठूलो भिड लागेको भिडियो देखिन्छ । अधिकाँशले मास्क समेत लगाएको देखिदैन । स्थानीय शम्भु यादबले भिडियो सार्वजनिक गर्दै प्रश्न गरेका छन्, ‘यो बिकृति, कुरिती कि विकास ? कि एकदिन यस्ता मनोरञ्जनका लागि यो ठाउँ प्रयोग गर्दा फरक पर्दैन कि यो कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय हो ?’

डान्स प्रोग्राम स्वास्थ्य चौकीमै गरेपछि जनप्रतिनिधिहरुको कडा आलोचना भइरहेको छ । प्रोग्राम गरिएको स्वास्थ्य चौकीकै छेउमा वडा कार्यालय समेत छ । तर जनप्रतिनिधिले केहि बोलेनन् । स्थानीयका अनुसार वडाध्यक्षले नै प्रोग्राम गर्न अनुमती दिएका थिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि धनुषा जिल्लाभर निषेधाज्ञा जारी भएको बेला अत्यधिक भिडभाड गरी गाउँ गाउँमा साँस्कृतिक कार्यक्रम गरिएको छ । तर प्रशासन मौन छ । कार्यक्रमका लागि अनुमती दिने जनप्रतिनिधलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds