2024-04-26

Close

दिपेश कुमार साह ।प्रदेश नं २ धनुषा ।विगत ३ वर्ष देखी निरन्तर रुपमा रेलवे ट्रयाक सप्ताहिक सरसफाई अभियान ३ वर्ष सफलतापुर्वक पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । आज रेल्वे ट्रेक सरसफाई अभियान तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएका छन् ।   आज विहान पनि रेलवे ट्रयाक सरसफाई कार्यलाई निरन्तरता दिएका छ्न । कार्यक्रम संयोजक रुबि कुमारी झाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भएका छ्न ।सरसफाई अभियानको तेस्रो वार्षिकोत्सव अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । यसैलाई मध्य नजर राख्दै सरसफाई अभियानी रुवी झाको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बासतोलाको प्रमुख आतिथ्य मा आज रक्तदान जीवन दान मुख्य नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गरेका हुन ।
आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा ३७ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा रेडक्रस धनुषाका सभापति नरेश सिंह सहायक जिल्ला अधिकारी प्रदर्शनी कुमारी, धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरे, वडा नं १ का अध्यक्ष शत्रुधन साह, भोगेन्द्र लाल कर्ण , दुधमती सरसफाई अभियानी सुदिप मंडल लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संयोजक रुबि कुमारी झाले टेलिफोन मार्फत पत्रकार दिपेश कुमार साह सँग बताए

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds