2024-04-20

Close

विपिन कुमार यादव, अप्पन जनकपुर : पछिल्लो समय मधेसमा भएको दलितहरुको हत्याबारे अध्ययन गर्न प्रतिनिधिसभा भित्रको कानून, न्याय तथा मानव अधिकार समितिले स्थलगत अध्ययनका लागि साँसदहरुको टोली गठन गरेको छ ।

नेकपाका साँसद शेर बहादुर तामाङको संयोजकत्वमा ६ सदस्य अध्ययन टोली गठन गरिएको छ । जनता समाजवादी पार्टीका साँसद उमाशंकर अरगरिया, नेपाली काँग्रेसका पद्म नारायण चौधरी र मिन बहादुर विश्वकर्मा, नेकपाका लाल बहादुर थापा र समीमा हुँसैन अध्ययन टोलीका सदस्य छन् । यस्तै शाखा अधिकृत मेघराज अर्याललाई समेत राखिएको छ ।

उक्त टोलीले ईलाका प्रहरी कार्यालय सबैला (धनुषा)को हिरासतमा मृत्यु भएका शम्भु सदा, ईलाका प्रहरी कार्यालय गरुडा (रौतहट)को हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवारलाई भेटेर घटनाको अध्ययन गर्ने बताइएको छ ।

असोज १३ मा सो टोली शम्भु सदाको पीडित परिवारसँग छलफल गर्नेछ । यस्तै नागरिक आन्दोलन तथा अभियन्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरु र जिल्ला न्याधिवक्तासँग समेत छलफल गर्नेछ ।

यस्तै असोज १४ मा रौतहटको विजय राम र निरञ्जन रामको पीडित परिवार, नागरिक आन्दोलत÷अभियन्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र जिल्ला न्यायाधिवक्तासँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

उनीहरुको हत्याबारे यर्थात अध्ययन पश्चात प्रतिवेदन कानून, न्याय तथा मानव अधिकार समितिलाई बुझाउने टोलीका सदस्य तथा साँसद उमाशंकर अरगरियाले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न जोकोही अपराधी भएपनि उनीहरुमाथि कारबाही हुनुपर्छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds