वीरगन्ज २८ श्रावण
जिल्ला प्रहरी कार्यालय पर्सामा विभिन्न मुद्दाको अनुसन्धानको क्रममा थुनवामा रहेकाहरुको निशुल्क स्वास्थ परिक्षण गराएको हो।प्रहरीले उनीहरूको स्वास्थ्यमा देखापरेका समस्याको पहिचान गर्न सूर्य अस्पताल वीरगन्जका विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए।जिल्ला प्रहरी कार्यालयको परिसरमा ४९ पुरुष र ८ महिला गरि ५७ जना थुनाुवाको निशुल्क स्वास्थ परिक्षण गराएको छ।प्रहरी प्रशासन र स्वास्थ्य संस्थाको यस सहकार्यले थुनुवाहरूको स्वास्थ्य अधिकारको संरक्षण गर्ने प्रयासलाई थप बलियो बनाएको छ। थुनुवाहरूको स्वास्थ्य अवस्था नियमित रूपमा जाँच गर्ने र आवश्यक औषधी वितरण गर्ने यस प्रकारका कार्यक्रमहरूले उनीहरूको मानवअधिकारको सम्मानमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।उनीहरूको स्वास्थ्यमा देखापरेका समस्याको पहिचान गर्न सूर्य अस्पताल वीरगन्जका विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरि निशुल्क औषधी वितरण गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए।ढुंगेलको अनुसार प्रहरी हिरासतमा रहेका थुनुवाको स्वास्थ्य चेकजाँच चिकित्सक डा. राकेश तिवारीको अगुवाइमा भएको हो।