2024-04-25

Close

जनकपुरधाम । २०७४ सालमा जिल्लामा सक्रिय युवाहरुको समुहद्वारा गठन गरिएको जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह मधेशी सर्वसम्मत चयन भएका छन् ।

शनिबार बसेको सञ्जालको विशेष सधारण सभाबाट कुलदिपको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा देव महतो, महासचिवमा ओम प्रकाश मण्डल, सचिवमा आनन्द सहनी र कोषाध्यक्षमा खुश्बु कुमारी साहलाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै, नयाँ कार्यसमितिको सदस्यहरुमा इन्द्रभुषन यादव, बुधेश्वर रजक, सिमा यादव, बजरङ्ग शर्मा र प्रतिभा मण्डल रहेका छन् । नयाँ कार्यसमितिलाई सञ्जालका निवर्तमान अध्यक्ष धिरज साहले अबिर माला लगाई पद हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै सञ्जालका अध्यक्ष कुलदिप साहले धनुषा जिल्लामा छिटफुट भएर काम गरिरहेका युवाहरुलाई एकजुट भई समान उद्देश्यका साथ एक ठाउँमा आएर अगाडी बढ्न आग्रह गरेका छन् । उनले युवाहरुले फुर्सदको समयमा समाजमा रहेका विकृतीहरुको बिरोधमा आवाज उठाउनु पर्ने कुरामाथिसमेत जोड दिए ।

सञ्जालले फुर्सदको समयमा समाजलाई केही सहयोग गरौं भन्ने उद्देश्यका साथ जिल्लामा युवा सशक्तिकरण, मानव अधिकार, महिला हिंसा, सरसफाइ्, रक्तदान, युवा बहसलगायतका कार्यक्रमहरु गर्दै आएको छ । सञ्जालले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवससमेत मनाउँदै आएको छ ।

सञ्जालले वर्षमा दुई पटक रक्तदान कार्यक्रम तथा विभिन्न दिवसहरुमा रैली, दिप प्रज्वलन जस्ता कार्यक्रमको आयोजनासमेत गर्दै आएको छ ।

कार्यक्रममा प्राध्यापक अशोक साह, कानूनविज्ञ राजकुमार महासेठ, स्पर्स नेपालका नविन मल्लिकलगायतकाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds