2020-10-26

Close

विपिन कुमार यादव, जनकपुरधाम : ईलाका प्रहरी कार्यालय यदुकुहा (शहिदनगर), धनुषामा हालै सरुवा भएर आएका प्रहरी निरीक्षक (इन्सपेक्टर) संवित भण्डारीले जनताको शान्ति सुरक्षाका लागि २४ सैं घण्टा खट्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यालयमै आज स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक भण्डारीले शान्ति सुरक्षा कायम गर्न जसरी खटिनुपर्ने हो, त्यसरी खट्ने (काम गर्ने) प्रतिवद्धता जनाएका हुन् । उनले यस क्षेत्रका जनतालाई भयमुक्त हुन समेत आग्रह गरे ।

प्रहरी निरीक्षक भण्डारीले हातेमालो गरेर कुप्रथा हटाउनेदेखि लिएर समाजमा देखिने अनेक विकृतिहरु विरुद्ध अगाडी बढ्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुसँग आग्रह गरे । उनले मिलेर काम गर्दा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे ।

परिचयात्मक कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, व्यापारी र समाजसेवीहरुले अपराध न्युनिकरणका लागि कसैको प्रलोभनमा परेर काम नगर्न सुझाएका थिए । उनीहरुले अवैध खुल्ला मदिराको कारोबार रोक्न समेत सुझाव दिए । यस्तै कानुनको उल्लंघन नगरी जनताको भावना अनुसार काम गर्न समेत उनीहरुले आग्रह गरे ।

कार्यक्रममा काँग्रेसका पुर्व साँसद शिवधारी यादब, शहिदनगरका मेयरका प्रत्यासी उम्मेदवार देबेन्द्र भरखेर, जनता समाजवादी पार्टीका नेता बिनोद रोहिता,राजदेव साह,नेविसंघका पुशपेन्द्र गोइत,सुनिल साह तथा कमला र शहिदनगरका केहि वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले प्रहरी निरीक्षक (इन्सपेक्टर) भण्डारीको कार्यकाल सफलताको शुभकामना समेत दिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर