2024-12-14

Close

जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले सरकार गठन गर्न अबेर राती साढे १० बजे दलहरुलाई आव्हान गरेकी छन् ।

मधेशका प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनी पदमुक्त भएको जनाउ प्रदेश सभा सचिवालयले दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठनगर्न आव्हान गरिएको निमित्त कार्यालय प्रमुख शत्रुधन यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जेठ २५ गते शुक्रबार विहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आव्हान गरेकी छन् ।

जसपालाई सत्ताच्युत गर्ने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि विहिवार बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गर्ने बताइएको छ । संसदमा विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री यादवपनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीका लागि जनमत संसदीय दलका नेता यादवलाई नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसले समर्थन जनाइसकेका छन् ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका सभामुख बाहेक २४, जनमतका १३, माओवादी केन्द्रका ९ र नेकपा एसका ७ जना सभासद छन् । बहुमत भन्दा १ स्थान कम रहेको गठबन्धनमा नाउपा र संघीय समाजवादी पार्टीले समर्थन गरेपछि ५५ पुग्ने छ । त्यो आवश्यक बहुमत संख्या भन्दा १ बढी हुनेछ । लोसपाका संसदीय दलका नेता समेत रहेका अभिराम शर्मा निलम्बित छन् । एमालेका रामचन्द्र मण्डल सभामुख रहेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका नेता महेश यादव जनमत पार्टीबाट सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को ‘२’बाट निर्वाचित भएका हुन् । उनी मधेश प्रदेशमा यस अघि शिक्षा मन्त्री रहेका थिए ।

संघीय गठबन्धन अनुसार नै मधेश प्रदेशमा बनेको गठबन्धनका ठूला दल नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मन्त्रालय बाँडफाँटको छलफल विहिवार हुने बताएका छन् ।‘सरकार फेर्ने र मुख्यमन्त्री दिने दलको विषयमा मात्र निर्णय भएको छ ’ उनले भने मन्त्रालयको बाँडफाँटको विषयमा आज छलफल हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर