2024-04-23

Close

विपिन कुमार यादव,२३ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्ने बताएका छन् ।

बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने भन्दै उनले भने, ‘बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । म त भन्छु संविधान संशोधन गरी ठोली नै ठोक्ने कानुन बनाउनुपर्छ ।’

सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रश्न गरे, ‘सबैभन्दा ठूलो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने देश अमेरिकामा पनि मृत्युदण्ड दिने कानुन छ तर यहाँ किन हुन सक्दैन ?’ भारत, चीन, पाकिस्तानसहित धेरै लोकतान्त्रिक मुलुकले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाएको उनको भनाई छ ।

पछिल्लो समय बलात्कारको घटना ह्वात्तै बढेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । उनले कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताए । गाउँघरमै पञ्चायती गरी बलात्कारीलाई उन्मुक्ति दिनु कदापि ठीक नभएको उनको तर्क छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds