
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट सेवानिवृत्त भएका प्रहरीका महानिरिक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।
यसैगरि, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्वन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जनाएका छन् ।




आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने खापुङलाईसमेत जानकारी दिने निर्णय भएको प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए ।
भदौ २३ र २४ को घटनाको छानविन तथा जाँचबुझका लागि खापुङ कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भन्दै आयोगले सो निर्णय लिएको हो । आज बसेको आयोगको वैठकले आन्दोलनमा भएको क्षतिको विवरण पठाउन बाँकी भएर इमेलमा वा आयोगको कार्यलयमा नै उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।
