2020-10-30

Close

विपिन कुमार यादव, जनकपुरधाम : लामो समयपछि आज बसेको प्रदेश २ को प्रदेशसभा बैठकले अनुसन्धान ब्युरो गठन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा ‘प्रदेश अनुसन्धान ब्युरो स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि छलफल भयो । छलफलपछि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले पारित गर्न प्रस्ताव राख्दा सर्वसम्मत पारित भएको छ ।

विधेयक पारित भएसँगै प्रदेश २ सरकारले अब छुट्टै अनुसन्धान ब्युरो गठन गर्न पाउने भएको छ । विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गर्ने उल्लेख गरिएको छ ।

मन्त्री परिषदले कुनै विषयमा अनुसन्धान गर्नका लागि आदेश दिएमा ब्युरोले सो कार्य गरी प्रतिवेदन मन्त्री परिषदमा पेश गर्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ । मन्त्री यादबले अनुसन्धान ब्युरो गठन भएपछि अपराध न्युनिकरण हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश प्रमुखले विधेयकलाई प्रमाणीकरण गरेसँगै कानुनको रुप लिनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर