2024-04-26

Close

कपिलवस्तु । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । पानी र सर सफाई गतिशील परिवर्तन मूल नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजनामा कृष्णनगरमा विश्व पानी दिवस अंतर्क्रिया कार्यक्रम गरि मनाइएको छ ।

कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, प्रमुख अतिथि कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, अतिथिमा स्वास्थ्य शाखाका बिष्णु पौडेल, शिक्षा शाखाका प्रमुख बलराम पन्थी लगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नगरमा स्वच्छ पानी तथा सर सफाई कार्यक्रम लाई स्थान दिइने बताउदै स्वच्छ पानी पिउन सबैलाई आग्रह गर्नुभयो l

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शर्माले पानी जीवनका लागी अमृत फल रहेको बताउदै पानीको महत्व सबैले बुझेर पानीको मुहान सफा राख्नुपर्ने बताए ।

पानीको महत्व र दूषित पानी बाट लाग्ने रोग हरुको बारेमा बिस्तृत जानकारी दिदै नगरमा स्वच्छ पानी पिउनका लागी नगरले अभियानको रूपमा लैजानुपर्ने दयाराम शर्माले जोड दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, संघ संस्थाका प्रतिनिधि, पत्रकार, कर्मचारी, कृष्णनगर खानेपानी संस्थानका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।
पालिका पोषण सहजकर्ता पृथीपाल तेली कार्यक्रम संचालक रहेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds