2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम : ‘राजा आउ, देश बचाउ’को नारा लगाउँदै जनकपुरमा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन् । जनकपुरको रेल्वे स्टेशनबाट निस्केको नेपाल राष्ट्रवादी समुहको जुलुसले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै बुधबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

गाडीमा पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौंको संख्यामा प्रदर्शन गरेका छन् ।

रेल्वे स्टेशनबाट निस्केको जुलुस भानूचोक, कदमचोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय अगाडी, मिल्स एरिया, भानूचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds