नेपाल प्रहरीकाे आइजीपी बन्नका लागि एआईजीहरूबीच कडा प्रतिस्पर्धा

काठमाडौं । २०८२ भदौको पहिलो हप्ता प्रहरी विधेयक पास, भएन वा सरकारले अन्य कुनै व्यवस्था गरेन भने नेपाल प्रहरीमा आगामी २०८२ भदौ १७ गते प्रहरी महानिरीक्षक दीपक थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जानेछन् । आईजीपी थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी सुदीप गिरी र उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङ पनि ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकासको सूचीमा परेका छन् । उनीहरू २०५२ भदौ १७ गते एकैपटक प्रहरी निरीक्षकमा भर्ना भएको बताइन्छ । संघीय प्रहरी विधेयकलाई २०८२ असार महिनामै संसदबाट पारित गराउने योजनामा सरकार लागेको थियो ।

२०८४ को आम निर्वाचन हाँक्नका लागि एमाले र कांग्रेस दुबै दलको सहमतिमा भावी आईजीपी छनौट हुने छ । तीन वर्ष पुरै आईजीपी हुने सूची र भाग्यमानीमा भने मानव स्रोत विभागमा कार्यरत व्यवसायिक, नैतिकवान एआईजी कार्की पर्न सक्ने चर्चा गरिदैछ ।

बिज्ञापन

निजामती विधेयकमा षडयन्त्र भएपछि प्रहरी विधेयक संसदबाट अगाडि बढ्न सकेन । हालकै व्यवस्था अनुसार, आइजीपी थापासहित उल्लेखित एआईजीपीहरु घर जाने बाध्यतामा परेका छन् । प्रस्तावित विधेयकमा ३० वर्षे सेवा अवधिको व्यवस्थापन, विवाद कानून निर्माण गरेर हटाउन सर्बोच्च अदालतले नै निर्देश गरेको अवस्था छ ।

संघीय निजामती सेवा विधेयकमा अवकाशपछि कर्मचारीहरुलाई दुई वर्षे कुलिङ पिरियड राख्नेगरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समतिले सर्वसम्मत रुपमा सहमति गरेर पारित गरेको थियो । षडयन्त्रकारी र पदका भोका भ्रष्टहरुले उक्त बुँदा नै प्रतिनिधिसभाबाट गायब पारिएपछि विवाद चर्केर संसदीय छानबिन समिति नै गठन गरिएको र साे छानबिन समितिले सभापति रामहरि खतिवडालगायतलाई दाेषी ठहर गर्दै प्रतिवेदन बुझाएकाे अवस्था छ । जसले गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयकमा दफावार छलफल गरेर सहमति खोज्न ढिलाई भइरहेको छ ।

यही कारण आईजीपी थापा सम्भवत २०८२ भदौ १७ मै अवकास हुने पक्कापक्की भइसकेको छ । आईजीपी थापा भन्दा दुई महिना पछाडि २०५२ कार्तिक २६ गते प्रहरी निरीक्षकमा भर्ना भएका चन्द्रकुवेर खापुङ आगामी २०८२ कार्तिक २७ गते नै अनिवार्य अवकासमा जाने भएका छन् । तरपनि आईजीपी थापा अवकासमा गएसँगै साढे दुई महिने ३२औं भावी आईजीपी हुन केन्द्रीय अनुसन्धान विभागका प्रमुख रहेका एआईजी खापुङ सशक्त ढंगले लागेको बताइन्छ । प्रशासन विभागमा कार्यरत एआईजी कृष्णहरि शर्मा भने उमेर हदका कारण २०८२ भदौ १५ गते अवकास हुने स्रोत बताउछ ।

यसैगरी, ३२औं भावी आईजीपीका लागि मानवस्रोत विभागमा कार्यरत एआईजी दानबहादुर कार्की र प्रदेश समन्वय विभागका एआईजी डा. मनोज कुमार केसी, अपराध अनुसन्धान विभागका एआईजी राजन अधिकारी पनि प्रतिस्पर्धी रहेका छन् । गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीले वरीयताक्रममा एक नम्बरमा रहेका भावी आईजीपीका दावेदार केन्द्रीय अनुसन्धान व्युरोका एआईजी खापुङलाई ३२औं आईजीपीमा बढुवा गर्छन् कि नयाँ संघीय प्रहरी ऐन वा अध्यादेश जारी भएपछि गर्लान् त्यो भने समयले नै बताउला ।

२०८४ को आम निर्वाचन हाँक्नका लागि एमाले र कांग्रेस दुबै दलको सहमतिमा भावी आईजीपी छनौट हुने छ । तीन वर्ष पुरै आईजीपी हुने सूची र भाग्यमानीमा भने मानव स्रोत विभागमा कार्यरत व्यवसायिक, नैतिकवान एआईजी कार्की पर्न सक्ने चर्चा गरिदैछ । तर, कार्कीलाई सरकारले आगामी भदौ वा कात्तिकमा कहिले आईजीपी बनाउने हो, वा अन्य सम्भावित प्रतिस्पर्धीले छलाङ्ग हान्ने हुन् त्यसको खाका भने अहिलेसम्म स्पष्ट रुपमा बाहिर आइसकेको छैन ।

वरीयता मिचिएन भने एआईजी कार्की नेपाल प्रहरीको ३२औं (२०८२ भदाै १७ गतेपछि चन्द्रकुवेर खापुङ आईजीपी नियुक्त भएनन् भने) वा ३३औं आईजीपी नियुक्ति हुने सम्भावना छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका कार्की २७ वर्षदेखि प्रहरीका विभिन्न तहमा रहेर विवाद रहसत रूपमा काम गर्दै आएका छन् । उनी २०८२ बैशाख ४ मा एआईजीमा बढुवा भएका थिए ।

नेपाल प्रहरीमा भावी आईजीपीको दावेदारका रूपमा हेरिदै आएका एआईजी कार्की कुनै विवादमा परेका भने छैनन् । उनी योग्यता, क्षमता, दक्षता र कार्यसम्पादन मूल्यांकनमा पनि अगाडि रहेको प्रहरी स्राेत बताउछ ।

नेपाल प्रहरीको कार्य विभागमा कार्यरत सबैभन्दा जुनियर एआईजी सिद्धि विक्रम शाहले पनि आईजीपी बन्नका लागि कडा मेहनत गर्न थालेको चर्चा छ । शाह भने २०५८ साल पुसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए ।