2024-05-02

Close

जनकपुरधाम । जनकपुरधामको जमुनी पूलमा सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोक विद्यानगर र वडा नं. १६ कपिलेश्वर बस स्टैण्ड जोडने जमुनी पूल निर्माणको लागि बनाईएको डाईभर्सनमा प्रायः दुर्घटना हुने गरेको छ ।

हजारौँ आवतजावत रहेको सो पूल काठको अस्थायी पूल बनाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । साँगुरो र सानो पूल भएको कारण मोटरसाईकल चढी जाने यात्रु प्राय नदीमा खस्ने गरेका छन् ।

निर्माणधीन पूलको २०० मिटर उत्तर जलाद पूलबाट आवतजावत गर्ने सहज सडक भएपनि सोही बाटो यात्रुहरु प्रयोग गर्दा दुर्घटना हुँदै आएको छ । सो बाटो स्थानीय वस्तीको लागि मात्र आवतजावतको लागि बनाएपनि आन्तरिक तथा बाह्य यात्रुहरु सो पूललाई झन जीर्ण बनाउँदा स्थानीयहरु समेत आक्रोसित बनेका छन् ।

गाडी, मोटरसाईकलको लागि जलाद पूल वा स्टेशनस्थितको पूल उत्तम विकल्प भएपनि साँगुरो पूल प्रयोग गर्दा दुर्घटना हुने गरेको छ । यसमा यात्रुहरु स्वयँम दोषी रहेको स्थानीयहरु बताउँछन् ।

सो पूल मानिसको पैदल आवतजावतको लागि बनाईएपनि यात्रुहरु सवारी लिएर पार गर्दा दुर्घटना हुने गरेको छ । यद्यपी, वडा कार्यालय वा नगरपालिकाले सो ठाउँमा फराकिलो अस्थायी पूल बनाउन सके सर्वसाधारणलाई सहज हुने निश्चित छ । सो बाटोमा सवारी निषेध भनेर बोर्ड लगाएपनि दुर्घटना नहुने बताईन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds