2021-04-18

Close

अप्पन डेस्क, विराटनगर : कोरोनाबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीन बुढाथोकीको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत बुढाथोकीको सोमबार राति मृत्यु मृत्यु भएको हो । तेरह्थुम घर भएका बुढाथोकीलाई कोरोना संक्रमण भएको दुई साताअघि पुष्टि भएको थियो ।

यसअघि कुनै रोग नभएका बुढाथोकीलाई स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थि विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उनका सहब्याजी समेत रहेका कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति ११ बजेतिर बुढाथोकीको मृत्यु भएको उनका साथी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर