2021-01-20

Close

७ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ ।

नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्‍यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइकल र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टुँगिएको छ ।?

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई सही भन्दै उनीहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै नेता बस्नेतले पार्टीका युवाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर