 

जनकपुरधाम : फागुन ११ गते अघि बेपत्ता भएका महोत्तरी पिपरा– ५ सहोर्बाका मुसाफिर झा र उनकी श्रीमती गितादेवीको कंकाल भेटिएको छ । बिहीबार पिपरा गाउँपालिका २ अतराढस्थित सडक छेउमा उनीहरुको कंकाल भेटिएको हो ।
स्थानीयले सडक छेउमा मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खप्पर भेटिएको स्थल उत्खनन् गर्दा दुई जनाको मानव कंकाल भेटिएको नेपाल प्रहरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।




उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘यद्यपि फरेन्सिभ ल्याबको रिपोर्ट नआइ हामीले आधिकारिक पुष्टि गर्न सक्दैनौं’, एसपी आचार्यले भने ।

घरमै सुतेका बेला फागुन १० गते राति ६५ वर्षीय झा र उनकी ६० वर्षीया श्रीमतीको अज्ञात समूहले अपहरण गरेको थियो । झा दम्पतीको घरदेखि करिब १ किलोमिटरको दूरीमा कंकाल भेटिएको हो ।
झा दम्पतीको अपहरणमा संलग्न पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । तर उनीहरुले संलग्नता स्वीकारेका छैनन् ।
– नेपाल प्रेस
 
                 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
          ![नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस [सूचीसहित]](https://www.apanjanakpur.com/wp-content/uploads/2023/04/Picsart_23-04-12_18-16-59-518-scaled.jpg) 
           
           
           
          