2024-04-18

Close

जनकपुरधाम, जेठ ७ गते ।

धनुषाको गंगुलीमा रहेको क्वारेन्टाइनलाई सिल गरिएको छ । धनुषाको नगराइन नगरपालिकामा रहेको क्वारेन्टाइनस्थलमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेणटाइनलाई सिल गरिएको हो ।

एक हप्ताको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोष ठाकुरले जानकारी दिए । प्रादेशिक क्वारेन्टाइनमा भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट प्रहरीलाई छलेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । जसमा पाँच जनामा एक साता भित्रै कोरोना पोजिटिभ पाइएको छ ।

क्वारेण्टाइनमा रहेकाहरुमध्ये जेठ ३ गते एक जना, जेठ ४ गते दुई जना र जेठ ६ गते दुई जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । सो क्वारेन्टाइनस्थललाई नेपाली सेनाको सहयोगमा सील गरिएको क्वारेन्टाइन स्थलका संयोजक सन्तोष ठाकुरले बताए ।

क्वारेण्टाइनलाई सील गरिएपछि सो क्वारेण्टाइनमा रहेका ४८ जनामध्ये कसैलाई पनि बाहिर जान नदिइने र नयाँ व्यक्तिलाई समेत नराखिने संयोजक ठाकुरको भनाइ छ ।

१ सय २० बेड संख्या रहेको सो क्वारेन्टाइनमा हालसम्म २ सय २० जनालाई राखिएको छ। जसमध्ये ५ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ भने १ सय ४१ जना घर फर्कि सकेका छन् र बाँकी अहिले पनि क्वारेन्टाइनमै छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds