2021-06-25

Close

अप्पन डेस्क,२२ जेठ, जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् ।

मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

समितिले अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्ने मन्त्री अरगरियाको सचिवालयले जनाएको छ ।

जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा मन्त्री अरगरियाको जोड छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर