नेपालको मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सारवाट खुलियाम रुपमा ठुलो मात्रामा रातिको समयमा माछाको तस्करी शुरु भएको छ।
वीरगंज भन्सारको पछाडिको वाटो प्रयोग गरि एक तस्कर समुहहले रातिको समयमा भारतको रक्सौलवाट आध्रा प्रदेशको माछा दर्जनौं मोटरसाइकल र साईकलमा लोड गरि नेपाल भित्राउने गरेको समाचार प्राप्त भएको छ।
चितवनका माछा व्यसायहरुले रास्वपाका एक सासंदलाई ज्ञापनपत्र बुझाए पछि सो सासंदले गृहमन्त्री रबि लामिछानेलाई अवगत गराएपछि उनीले आफ्नो हाकिमहरुलाई निर्देशन दिए लगत्तै मन्त्रालयले हिजो तत्कालै पर्साका जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई माछा तस्करी रोकन निर्देशन दिएका थिए।
हिजो आएको मन्त्रालयको निर्देशनको धज्जिया उडाउँदै सिमानाकामा रहेका सुरक्षाकर्मीहरुले ठुलो मात्रामा वीरगंज भन्सारवाट माछा तस्करीको लाईन दिएको एक स्थानीयले नाम नखुल्ने सर्तमा बताएका छन्।
नेपालमा माछा पालन व्यस्याय अहिले फस्ट्याएको छ।भारतको आध्रा प्रदेशवाट आउने माछाको कारणले स्वदेशमा रहेको माछा पालन व्यसयायहरु ठुलो मार्कमा परेका छन् ।आध्रा प्रदेश वाट नेपालमा आउने माछा १० दिन देखि १५ दिन सम्म लागने गरेको छ।१५ दिन देखि मरेको माछा खादा स्वास्थमा निकै समस्या पर्ने देखिएको स्वास्थ्यकर्मीहरुले बताउछन् ।तर पनि तस्करहरुले पैसाको लागि लाखौं रुपैयाँ बराबरको भन्सार छलि गरि माछाको तस्करी ठुलो परिमाणमा गर्दे आईरहेका छन्।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यानको जान यति आवशयक देखिएको छ।