2024-04-24

Close

विपिन कुमार यादव,
जनकपुरधाम, १ साउन । धनुषाको ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न जनसेवा जीडी अस्पताल संचालनमा आएको छ ।

विदेह नगरपालिकाका वडा नम्बर ३ गोबराहीमा सुविधा सम्पन्न जनसेवा जी डी अस्पताल संचालनमा आएको हो । बिहीबार एक कार्यक्रमवीच विदेह नगरपालिकाका प्रमुख बेचन दासले उक्त अस्पतालको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख दासले अस्पताल संचालकलाई धन्यवाद दिदै यस क्षेत्रको जनतालाई अब काठमाडौं, विराटनगर, जनकपुर उपचार गराउन जानुनपर्ने विश्वास व्यक्त गरे । ‘पैसा भएका व्यक्तिहरु विराटनगर , काठमाडौंका ठूलाठूला अस्पतालमा उपचार गराउछँन्, तर विपन्न वर्गका व्यक्तिहरु पैसा नभएकै कारण उपचार बिना नै अकालमै ज्यान गुमाउन बाध्य छन्’ उनले भने, “यो अस्पताल खुलेपछि यस नगरपालिका सहित, कमला नगरपालिका, जनकनन्दिनी गाउँपलिका, औरही गाउपालिका सहितका जनताले सेवा पाउन सक्छन् ।”


जनसेवा जी डी अस्पतालका संचालक डा रतिश कुमार यादवले यस क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि १० बेडबाट अस्पताल संचालनमा ल्याएको बताए । यस क्षेत्रका जनतालाई अब काठमाडौं, विराटनगर र जनकपुर उपचार गराउन जानुनपर्ने बताए । उताका अनुभवी चिकित्सकहरुलाई बोलाएर यतानै उपचार गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिले ओपिडी सेवा, २४ घण्टा आकास्मिक सेवा, भिडियो एक्सरे, ल्याब, फार्मेसी, डिलेभरी सहितका विभागबाट सेवा प्रदान गर्ने उनले बताए ।

त्यसैगरी जनसेवा जिडी अस्पतालका प्रबन्धक निर्देशक डा राजनिश यादवले जनतालाई उपचारमा कुनै समस्या हुन नदिने बताए । सबैको सल्लाह, सुझाबलाई आत्मसात गरेर अघि बढ्ने उनले बताए ।

सो कार्यक्रममा प्रादेशीक अस्पताल जनकपुरका मेसु डा प्रमोद यादव, विदेह नगरपालिकाका उपप्रमुख निलम देवी मण्डलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि ,नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु ,स्थानीय समाजसेवी ,बुद्धिजीवीहरुले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds