जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले १० लाख बराबरका भन्सार छलीका अबैध सामान बरामद गरेको छ । भन्सार छलेर ल्याइएका मदिरा, लत्ताकपडा तथा किरानाका सामानहरु गरी १० लाख २० हजार मूल्य बराबरका समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरीको सक्रियतामा उक्त सामानहरु बरामद भएका हुन् । भन्सार छली नेपाल तथा भारततर्फ लैजादै गरेका अवैध मालसामानहरु बरामद गरी भन्सार दाखिला गरिएको गणपति एसपी गिरीले बताए ।
एसपी गिरीले जिम्मेवारी सम्हालेको तीन दिनमै उत्तल सामानहरु बरामद भएका हुन् । भर्खरै धुनषाको गणपतिको जिम्मेवारी सम्हालेका एसपी गिरीले तस्करी विरुद्ध निर्मम भएर ड्युटीमा खट्न समेत सशस्त्र सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।