2024-04-19

Close

जनकपुरधाम ३ असोज । संविधानलाई सच्याउनुपर्ने माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा आईतबार जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

संविधान जारी भएको असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता/कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

स्थानीय जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै बक्ताहरुले संविधान नसच्याएसम्म बिरोध जारी रहने बताए ।

प्रदेश सांसद परमेश्वर साहले मधेशी जनताको छातीमा गोली ठोकेर निर्माण गरिएको संविधान अझै अपूरो रहेको बताए । हरेक नेपालीको संविधान बनाउन आफूहरुले भन्दै आएपनि शाषकवर्गले नमानेको उनको भनाई छ ।

संविधान संशोधन नगरेसम्म प्रत्येक बर्ष असोज ३ लाई कालो दिवस मनाइरहने उनले बताए ।

हामीलाई जनप्रतिनिधी बनाउने जनताले संविधानको बिरोध गर्न म्यान्डेड दिएको भन्दै उनले मधेश आन्दोलनका बिरोधीहरुले सत्तामा पनि बस्ने संविधानको बिरोध पनि गर्ने ? भन्ने गरेको उनले बताए । ‘सत्तामा पनि बसेर संविधानको बिरोध गर्न पाइँदैन् भनेर कुन संविधानमा लेखेको छ’ उनले प्रश्न गरे ।

कोणसभामा पूर्व सांसद अरबिन्द साह , कार्यकारिणी सदस्य रुक्मिणी मण्डल, प्रमोद यादव,उपमेयर रिता झा,जानकी राम साह,विनोद रोहिता,महाशंकर ठाकुर, सहितकाले संविधान संशोधन गर्नुपर्नेमा जोड् दिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds