2024-05-19

Close
जनकपुरधाम । सर्लाहीमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरीका ६५ जना फरार सूचीमा परेका छन् । छलफलका लागि सम्पर्कमा नआएपछि उनीहरू फरार सूचीमा परेका हुन् ।

सर्लाहीमा १७ पालिका छन् । ती सबै पालिकाबाट मिटर ब्याज सम्बन्धी २८६ उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । जसमध्ये १६७ उजुरी छलफलबाटै फर्छ्यौट भएको छ । कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको छ ।

उजुरी फर्छ्यौट गर्न पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले बोलाउँछ । तर छलफलमा बोलाउँदा पटक पटक नआएपछि ६५ जनालाई फरार सूचीमा राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।

छलफलमा बोलाउँदा उपस्थित नहुनेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिल्यै चेतावनी दिएको थियो । सो बमोजिम ६५ जनालाई कारबाहीमा पर्ने देखिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई समेत पत्राचार भइसकेको स्रोतले जनाएको छ ।

सहायक प्रजिअ घिमिरेका अनुसार ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छ । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल गराइएको छैन ।

१६ लाख दाबी, ११ लाखमै मिलापत्र

मिटर ब्याज सम्बन्धी उजुरी दिएकै कारण सर्लाहीका एक पीडितलाई पीडकले दाबी गरेको भन्दा ५ लाख कम तिर्नुपरेको छ ।

मलंगवा नगरपालिका ३ का जोगिन्द्र साह सुनारबाट सोही पाकिला वडा २ का फेकु राय ८ लाख ८७ हजार रुपैयाँ ऋण लिएका थिए । सो ऋणको १६ लाख तिर्नुपर्ने भन्दै सुनार पटक पटक ताकेता गर्दा राय समस्यामा परे ।

त्यसपछि उनले मिटर ब्याज सम्बन्धी उजुरी प्रशासनमा दिए । प्रशासनले मूल धनको १० प्रतिशत ब्याजमा मिलापत्र गराएको छ । १० प्रतिशत मात्र ब्याज तिर्नुपर्ने रायले १६ लाख तिर्नुपर्नेमा मात्र ११ लाख तिरेका हुन् ।

‘सुनारले ऋणको ३६ प्रतिशत व्याज जोडेर १६ लाख रुपैयाँ पुर्‍याएका रहेछन्,’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘पीडितले उजुरी दिएपछि दुवै पक्षलाई राखेर छलफल गर्‍यौँ । १० प्रतिशत भन्दा धेरै व्याज नलिन आग्रह गरेपछि रायले सहमत भए । त्यसपछि ऋणीले मात्र ११ लाख रुपैयाँ तिरेँ ।’

तीन गुणाको कपाली कागज समस्याको जड

ऋण लिनुपर्दा तीन गुणाको कपाली कागज बनाउने चलन नै मिटर ब्याज सम्बन्धी समस्याको जड बनेको छ ।

जस्तै कसैले १ लाख ऋण लिँदा ३ लाखको कागज गरिदिन्छन् । हुन त कपाली कागज गर्दा १० प्रतिशत ब्याज मात्र उल्लेख गरिएको हुन्छ । तर तीन गुणा कागज गरेकै कारण ऋणी समस्यामा पर्ने गरेका छन् ।

ऋण लिने बेलामा ऋणीले विचार नपुर्‍याउँदा आफैँ समस्यामा पर्ने गरेको देखिएको छ । एक लाख ऋण लिएका व्यक्ति ३ लाखको कपाली गरेको अवस्थामा साहुले अदालतमा कागज लगाउँदा तीन लाखकै मान्यता दिने गर्छ । यसको मुख्य कारण कपालीमा ऋणको औँठा छाप र हस्ताक्षर हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds