2024-04-18

Close

काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकपमा आज भारत र नामिबिया खेल्दै छन् । यी दुई टोलीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

भारत र नामिबिया दुवै सेमिफाइनल दौडबाट बाहिरिएका छन् । दुवै टोली सुखत अन्त्य गर्न चाहन्छन् । भारतले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हार बेहोरेको छ ।

नामिबियाले भने सुपर-१२ को एक म्याचमा पनि जित हात पार्न सकेको छैन । उसले पहिलोपटक विश्वकप खेलिरहेको हो । सेमिफाइनल दौडबाट बाहिरिसकेकाले भारतले आज प्लेइङ-११ मा चार खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

उसले रोहित शर्माको स्थानमा इशान किशन, मोहम्मद शामीको स्थानमा शार्दुल ठाकुर, जसप्रीत बुमराहको स्थानमा भुवनेश्वर कुमार र वरुण चक्रवर्तीको ठाउँमा राहुल चाहरलाई अवसर दिन सक्छ । जारी विश्वकपमा भारतले पहिलो दुई खेलमा पाकिस्तान र न्यूजिल्याण्डविरुद्ध लगातार हारको सामना गर्नुपर्यो ।

तेस्रो र चौथो खेलमा भने भारतले अफगानिस्तान र स्कटल्याण्डलाई हराएको थियो । विश्वकपलगत्तै भारतले घरेलु मैदानमा न्यूजिल्याण्डसँग टी-२० र टेष्ट सिरिज खेल्नेछ । टी-२० श्रृंखला १७ नोभेम्बरदेखि सुरु हुनेछ ।

भारतको सम्भावित-११ : केएल राहुल, इशान किशन, विराट कोहली (कप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, रवीचन्द्रन आश्विन, मोहम्मद शामी/शार्दुल ठाकुर, जसप्रीत बुमराह/भुवनेश्वर कुमार र राहुल चाहर ।

नामिबियाको सम्भावित-११ : स्टेफन बार्ड, माइकल भान लिङ्गेन, क्रेग विलियम्स, गेरहार्ड इरास्मस (कप्तान), डेभिड विसे, जेजे स्मिट, जेन निकोल लोफ्टी-इटन, जेन ग्रीन (विकेटकीपर), जेन फ्रिलिन्क/कार्ल बर्केनस्टक, रुबेन ट्रम्पेलम्यान, बेन शिकोङ्गो र बर्नार्ड स्कोल्ट्ज ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds