2025-04-29

Close

सिरहा । सिरहा नगरपालिकाले पब्लिकेशन तोकेरै पाठ्यपुस्तक लागू गर्न गरेको निर्णय र जारी गरेको परिपत्र कार्यान्वयनमा उच्च अदालतले रोक लगाएको छ । उच्च अदालत, राजविराज इजलासले आइतबार यसलाई कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश दिएको हो ।

न्यायाधीशद्वय सरला कुमारी पाण्डे र माधव धितालको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा सिरहा नगरपालिकाले तोकिएकै पब्लिकेशनको किताब अनिवार्य प्रयोग गर्न २०८१ चैत १८ मा गरेको निर्णय र चैत २० मा जारी गरेको सूचना रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न उल्लेख छ ।

नगरपालिकाले नेपाली, अंग्रेजी, अनिवार्य गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन किताब तक्षशिला, जनक शिक्षा सामग्री केन्द्र, टाइम्स, वेदान्त, विद्यार्थी र रिडमोर पब्लिकेशनको मात्रै प्रयोग गर्न आदेशात्मक निर्देशन जारी गर्दै आएको थियो । नगरपालिकाले यसलाई नमान्ने विद्यालयलाई कारबाहीको चेतावनी पनि दिँदै आएको थियो ।

जबकि शिक्षा नियमावली, २०५९ को नियम ६ (क) मा नेपाल सरकारबाट स्वीकृत कुनै पब्लिकेशनको पाठ्यपुस्तक प्रयोग गर्न पाइने प्रावधान छ । पालिकाको यस्तो परिपत्रपछि यसको विपक्षमा प्याब्सन सिरहाको तर्फबाट भरतकुमार यादव उत्प्रेषणयुक्त निषेधाज्ञाको माग गर्दै रिट निवेदन लिएर उच्च गएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर