नयाँदिल्ली : कोरोना भाइरसको नयाँ भेरियन्ट छिमेकी राष्ट्र भारत आइपुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको इन्डियन एक्प्रेसले जनाएको छ ।
६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।
यसअघि बुधबार संयुक्त राज्य अमेरिकामा उक्त भेरियन्टका संक्रमित भेटिएका थिए।
डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक भए यसले फेरि विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने देखिएको छ। डेल्टा भेरियन्ट पत्ता लाग्दासम्म यो संसारभरि फैलिइसकेको थियो। ओमिक्रोन भने सुरूमै पत्ता लागेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले विश्वास गरेका छन्।
This will close in 20 seconds