2024-04-26

Close

जनकपुरधाम : विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज (आइतवार) धनुषयज्ञ सम्पन्न भएको छ ।

जानकी मन्दिर परिसरमा आयोजना गरिएको धनुष यज्ञमा रामको प्रतिक बनाइएका बालकले धनुषमा प्रत्याञ्जा चढाउँदै भाचेका छन् ।

त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ।

धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र लक्ष्मण सहभागी भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुक्रा भएको थियो। त्यस पश्चात मात्रै माता सीताको विवाह भगवानसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ।

जानकी मन्दिरको परिसरमा धनुष यज्ञ विधि सम्पन्न गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ।

चौथो दिन भोलि सोमबार तिल्कोत्सव हुने छ । यस्तै मंसिर २१ गते मटकोर रहेको छ भने मंसिर २२ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । मंसिर २३ रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds