2024-04-25

Close

बिपिन कुमार यादव, जनकपुरधाम : एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वि.पी. स्मृति बहुप्रबिधिक शिक्षालय (पशु बिज्ञान बिभाग) को आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर लक्ष्मीनिया गाउँपालीका वडा नम्बर ४ सपही बजारमा सम्पन्न भएको हो ।

उक्त शिविरमा गाई, भैँसी र बाख्रालाई निशुल्करुपमा उपचार गरि औषधी वितरण गरिएको छ । शिविरमा जुका, भिटामिन, घाउखटिरा, जुम्रा र उपियाको उपचार तथा औषधी निशुल्क वितरण गरिएको डा. बिनोद कुमार यादवले जानकारी दिएका छन ।

शिविरमा सबै भन्दा बढि जुका, जुम्रा उपिया र आठ वटा बाख्राहरु लाई निमोनिया रोगको देखा परेको थियो । यसैगरी शिविरमा ३०० भन्दा बढि घरदुरी शिविरमा पशुहरु लिएर सहभागी भएका थिए ।

निशुल्क शिविरमा गाई, भैँसी २०० सय र बाख्रा ३०० सय भन्दा बढिको निशुल्क उपचार गरिएको डा. अमर कुमार महतोले बताए ।

निशुल्क शिविरमा औषधी नियमित खुवाउने, विशेषरोग लागेमा नजिकको पशु सेवा केन्द्रमा सम्पर्क राखी उपचार गराउनु हुन सल्लाह दिएको छ ।
शिविरमा वि.पी. स्मृति बहुप्रबिधिक शिक्षालय (पशु बिज्ञान बिभाग) का प्रमुख पशु स्वास्थकर्मी डा. बिनोद कुमार यादव, डा. अमर कुमार महतो, सहेन्द्र साह, संजय यादव र पशु बिज्ञानका बिद्यार्थीहरुको उपस्थीती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds