2024-04-25

Close

जनकपुरधाम : जनकपुरधाम स्थित सिद्धार्थ शिशु सदन ४१ औं बर्षमा प्रवेश गरेको छ ।

बुधवार विद्यालयमा आयोजित समान्य कार्यक्रम बीच वार्षिकोत्सव मनाइएको छ । विद्यालय संवेदनशील स्थान रहेका कारण बढी भिडभाड नगरी छात्र–छात्राहरुको स्वास्थ्यको ख्याल गर्दै समान्य रुपमा बार्षिकोत्सव मनाइएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले जानकारी दिए । विद्यालयको वार्षिकोत्सवको अवसरमा जानकी वृद्धाश्रम र कविर बाल आश्रममा खाद्यान्य तथा लताकपडा वितरण गरिएको हो । वृद्धाश्रममा चामल, दाल, नुन, तेल, चिनी, साबुन, सर्फ, पिठो, फलफुल लगायतका सामग्री वितरण गरिएको छ भने कविर बाल आश्रमका बालबालिकाहरुका लागि खाद्यान्य सामग्री सहित कापि, सिसाकलम, सेरोलेक, हाँर्लिक्स, ब्रस, पेष्ट लागयका सामग्रीहरु वितरण गरिएको प्रिन्सिपल यादवले जानकारी दिए । उनले बालबालिकाहरुमा सहयोगको भावना जागृत गर्नकालागि यस प्रकारका कार्यक्रम आयोजना गरिएको बताए । संस्थापक प्रिन्सिपल यादवले भने–‘कोरोनाको महामारी कुनै बेला आउन सक्ने सम्भावना रहेको र बढी भिडभाड गर्दा हाम्रा छात्र–छात्रामा कोरोनाको फैलिन सक्ने सम्भावना भएकाले मनोरञ्जनात्मक कार्यक्रम नगरी समाजिक सेवामुलक कार्यक्रम गरेका छौं ।’

मनोरञ्जनात्मक कार्यक्रम भन्दा बढी सामाजिक स्तरको कार्यक्रमले बालबालिकामा समेत सहयोगी भावना उत्पन्न हुने भएकाले हामी आधुनिकीकरण भन्दा सामाजिकीकरण तिर बालबालिकालाई अभिप्रेरित गर्न लागेको संस्थापक प्रिन्सिपल यादवले बताए । बालबालिकालाई मात्रै पढाएर उनीहरुको क्षमता अभिवृद्धि गर्न नसक्ने भएकाले हामीले उनीहरुलाई सामाज संग जोडेर आधुनिकीकरण तिर लाग्दा उनीहरुको क्षमतामा सकारात्मक वृद्धि हुने भएकाले हामीले त्यो कार्यको थालनी विद्यालयको वार्षिकोत्सवको अवसर पारेर गरेका उनले जानकारी दिए । संस्थापक प्रिन्सिपल यादवले कविर बालआश्रमका दुईवटा बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले दुईवटा बालिकाको कक्षा १२ सम्म सम्पूर्ण खर्च बेहोर्ने जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds