एमाले अध्यक्ष ओली आज जनकपुरधाम आउँदै, विभिन्न पार्टी त्यागेकालाई ठूलो संख्यामा एमाले प्रवेश गराउने

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम आउँदै छन् ।

एमालेको आयोजनामा आज जनकपुरधामकाे तिरुहितया गाछीमा आयाेजना हुन लागेका बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आउन लागेका हुन् ।

बिज्ञापन

एमाले धनुषाका अनुसार तिरुतिया गाछीमा हुने कार्यक्रममा जनता समाजवादी, काँग्रेस, लोकतान्त्रिक समाजवादी र माओवादी पार्टी छोडेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेशको तयारीमा छन् । यसका लागि स्थानीय पार्टी र केन्द्रीय नेताहरुले लामो समय देखि प्रयास जारी राखेका थिए । आजको कार्यक्रममा कम्तीमा ५ हजार जनालाई एमाले प्रवेश गराइने वडा अध्यक्ष राधेश्याम गोइतले जानकारी दिए ।

पार्टी प्रवेशपछि आज ११ बजे आयोजना हुने बृहत्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।