2024-04-19

Close

काठमाडौँ : नेपालका जंगलमा खान मिल्ने २५६ प्रकारका फल पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा २५६ प्रकारका खान मिल्ने फल सूचिकृत भएको हो ।

नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत लोकरञ्जन भट्ट मुख्य लेखक रहेको यो पुस्तकले खान मिल्ने फलहरुमध्ये ६१ प्रतिशत पहाडी क्षेत्रमा पाइने उल्लेख छ । यसअघि सन् २०२०मा प्रकाशित एक वैज्ञानिक आलेख अनुसारमा नेपालका जंगलमा १९९ प्रकारका खाना मिल्ने फलहरु पाइने उल्लेख थियो ।
पहाडी क्षेत्रको भौगोलिक अवस्था, जलवायु, जैविक विविधता, तापक्रमले पनि जंगली फल धेरै पाइएको उनले बताए । नेपालको कूल भू–भागमध्ये ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ ।

यी फल विभिन्न ६८ परिवार अन्तर्गतका ११४ प्रजातिभित्र पर्छन् । सबैभन्दा बढी ‘रोजेसी’ परिवारका छन् । यो परिवारका ४४ प्रकारका फल खान मिल्ने पाइएको भट्टले बताए । ७ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको वनस्पतिविद् समेत रहेका भट्टले बताए । ‘संख्या धेरै पनि हुन सक्छ । मैले पुराना अनुसन्धान, फिल्ड भिजिटबाट तथा लिटरेचरहरुको अध्ययनबाट संकलन गरेको हुँ,’ भट्टले भने ।

नेपालमा ६ सय प्रकारका खान मिल्ने वनस्पतिजन्य उत्पादन छन् । तीमध्ये ३७४ जंगल क्षेत्रबाट प्राप्त हुने पुस्तकमा उल्लेख छ ।

यी फललाई सही सदुपयोग गरे व्यवसायिक उत्पादन पनि गर्न सकिने अनुसन्धानकर्ता भट्ट बताउँछन् । ‘यी फलबाट चुक, अचार, जुस, स्क्वास, वाइन, घिउलगायतका उत्पादन बनाइने गरिएको छ । जस्तै, लप्सीबाट अचार, बेलबाट जुस तथा स्क्वास, चिउरीबाट बटर (घिउ) आदि,’ उनले भने ।

नेपालमा जंगलमा पाइने खान मिल्ने फलहरुको अध्ययन तथा अनुसन्धान अन्य प्रदेशको तुलानामा वाग्मती र गण्डकी प्रदेशमा भएका छन् । अध्ययन पनि ट्याक्सोनोमी र भेटिने क्षेत्रबाट मात्रै भएको पुस्तकमा उल्लेख छ । जंगली फलहरुमा पोषक तत्व हुने गरेपनि यस सम्बन्धी विस्तृत अनुसन्धान नेपालमा भएको छैन ।

नास्टका पूर्वउपकुलपति दयानन्द बज्राचार्यले यी फलहरुमा पाइने रसायन एवं पोषक तत्वहरुको अध्ययन गरेका थिए । उनको निधनपछि यी प्रजातिहरुलाई प्राथमिकता कम हुन थालेको अनुसन्धानकर्ता भट्टको भनाइ छ ।

भट्ट मुख्य लेखक रहेको यो पुस्तक ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा १६८ वटा फलका रंगिन तस्बिर तथा भेटिएका २५६ प्रजाति हरेकका विवरण समावेश छ ।

नास्टका बायोलोजिकल रिसर्च ल्याबका प्रमुख समेत रहेका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले धेरै मात्रामा संकलन र प्रयोगले यीनको अवस्था खतरामा पर्ने औंल्याए । चुरे विनाश,भू–क्षय, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण पनि यस्ता वनस्पति खतरामा परेको उनले बताए ।

नेपालका जंगल क्षेत्रमा पाइने खान मिल्ने फलबारे पहिलो पटक सन् १९८० मा प्रकाशित भएको थियो । त्यसबेला १३३ प्रकारका खान मिल्ने फलहरु रेकर्ड भएका थिए ।

जंगल क्षेत्र तथा आदिवासी समुदायले जंगल फलहरुलाई परापूर्वकालदेखि प्रयोग गर्दै आएको पनि उनले बताए । यी फलहरुमा पाइने तत्वको अध्ययन र आदिवासी समुदायबीचको सम्बन्धको अध्ययनले अन्य विविध पाटाहरु खुल्न सक्ने उनी बताउँछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds