2024-04-26

Close

जनकपुरधाम : धनुषामा गाँजा बेकेको भारतीय नम्बर प्लेटको स्कारपिओ दुर्घटना भएको छ । सोहि स्कारपिओबाट लागुऔषध साढे १९ किलो गाँजासहित एक भारतीय युवक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विहार राज्याको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्रामपञ्चायत बस्ने २२ वर्षीय विजय कुमार महतो रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरले भारतीय बी.आर.३२ के ९१२७ नम्बरको स्कारपिओ र गाँजासहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ७ बजेको समयमा सो स्कारपिओ बर्दिबासबाट आउँदै गर्दा शंका लागेर चेकजाँचको लागि ढल्केबरचोकमा रोकाएर प्रहरीले चेकजाँच गर्न खोजिएको थियो । तर नरोकेर भाग्न थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिले पिछा गर्दा सो स्कारपिओबाट पाँच सयमटर दक्षिण आएर सडक छेउमा गाँजा फालेको थियो । त्यहाँबाट केहि मात्र दुरीमा रहेको बसही खोलाको पुलमा स्कारपिओसमेत ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना पश्चात त्यसमा सवार मानिसहरु फरार भएका थिए । खोजविनको क्रममा उँखुबारीमा लुकेर बसेको अवस्थामा महतोलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

रातो प्लास्टिकमा १९ किलो ५ सय ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ । गाँजा, स्कारपिओसहित पक्राउ परेका महतोमाथि कारबाही प्रक्रिया अढि बढाएको सुवेदीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds