सशस्त्र प्रहरी र प्रहरी चौकीको संरक्षणमा  अमरपर्टीनाकाबाट ठुलो मात्रामा तस्करी शुरु;तस्कर प्रहरी प्रशासन मालामाल राज्शव कंगल

वीरगन्ज २१ शुक्रबार

चाडपर्वको बेला पर्साको ग्रामिण भेगका नाका  अमरपटी नाकाबाट अहिले व्यापक तस्करी बढेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी  मिलोमतोमा लत्ताकपडा , हाडयेवर, कबाड, कुखुराको चल्ला , डाबरको पेस्ट , राजनिगन्धा , काजु लगाएतको तस्करी सुचारु भएको छ। वार्वा नाकाबाट तारकेशवरले  राजनिवास र रजनीगन्धा तस्करी गर्न लाइन पाएका छन् भने जलाउदिनले कबाड र  हार्डवेयरको तस्करी गर्न छुट पाएका छन् । यस्तै, पर्साका ५ जना तस्करहरुको समूहले  कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेका छन् ।पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको छ ।उनीहरूले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातीको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।अमरपटी, मधवल, झौवा, ईटियाही लगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरू तस्करी कै कुखुरा चल्लाको भरमा सञ्चालनमा रहेको छ । त्यसैगरि दुईजनाको समूहलेडाबरको पेस्ट, कास्मिटीक लेक्मी  क्रिम लगाएतको तस्करी  खुलेको छ ।त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ ।सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपर्टी सिमानाकाबाट तस्करी भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोद ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक राधेश्याम धिमालले आफ्नो सिमानाकामा रहेको युनिटहरुलाई पुर्णरुपले तस्करीमा कडाई गर्ने निर्देशन दिए पनि उहाँहरुको निर्देशन विपरीत स्थानिय चौकी र बिओपीहरुले तस्करी गराए बापत रकम असुली गरि तस्करीको लाईन दिदै आएका छन।यस्ता गतिविधि तर्फ नेपाल प्रहरीका प्रहरी  उपरीक्षक ढुंगेल र सशस्त्र प्रहरीका एसपी धिमालको ध्यान जान यति आवशयक देखिएको छ।

बिज्ञापन