2024-04-20

Close

 

असोज २३, काठमाडौं । अहिले काठमाडौं उपत्यकामा सडक मर्मत तथा अन्य सौन्दर्यका कामले तीव्रता पाएको छ । रातारात करोडौँ खर्च हुंदा भ्रष्टाचारले प्रसय नपाउने कुरै भएन । विशिष्ट विदेशी पाहुनाको स्वागतका लागि बिगतमा झैं यस वर्ष पनि काठमाडौं चिटिक्क बन्दैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सरकारका सम्बन्धित निकाय यतिबेला काठमाडौंका मुख्य सडक तथा केही महत्वपूर्ण स्थानमा रङरोगनका साथै विरुवा रोपेर हराभरा बनाउन सरकार तल्लिन छ । विदेशी पाहुना आउने भन्ने वित्तिकै काठमाडौंमा रातारात विकासका काम हुने गरेका छन् ।

उत्तरी छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिस्तरको भ्रमणका लागि चिनियाँ राष्ट्रपति सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको छ भने ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । यसैगरी मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ ।

यतिबेला कोटेश्वरस्थित तीनकुनेमा विरुवाहरु रोपेर कृत्रिम आइल्याण्ड बनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, थापाथली क्षेत्रका सडक मर्मत गरिएको छ । यसैगरी गौशाला, नक्साल भगवती, नागपोखरी, हात्तीसार, दरबारमार्ग, केशरमहल, भद्रकाली, सुन्धारा, कालीमाटी, सोल्टीमोडलगायतका क्षेत्रमा पनि सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds