2024-04-26

Close

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो। फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ। हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनी कार्यालयको क्वाटरमा मृत फेला परेका हुन्। उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गरिएको प्रहरीले जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो। ‘तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो’, उनले भने, ‘यसबारेमा विस्तृत जानकारी मातहतबाट मागेका छौँ।’

मृत भेटिएका एसएसपी यादवको घर पश्चिम नवलपरासी हो। मृत भेटिएका एसएसपी यादवले उमेरहदका कारण सेवाबाट एक महिनापछि अवकाश पाउँदै थिए। १५ माघ २०७८ मा उमेरहदका कारण घर जाँदै थिए यादव।

नेपाल प्रहरीमा एसएसपीको उमेरहद ५५ वर्ष छ। ५५ बर्षसम्म बढुवा नभएमा अवकाश हुने प्रावधान रहेकाले उनी ५५ बर्ष नाघेकै कारण एसएसपीबाटै अवकाश हुँदै थिए।

उनी प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका दाबेदार थिए। हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका वैकल्पिक हुन् यादव। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन् यादव।

आफ्ना ब्याचमेटहरु प्रमोशनमा अघि परिसकेको हुँदा आफू एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएको हुनसक्ने अनुमान गरिएको छ।

यता यादवकी श्रीमती रुपम कुमारी यादवले केही घण्टाअघि फेसबुकमा समेत एक स्ट्याटस लेख्दै ‘युग कलियुग भएपनि सत्यकै जित’ हुने दावी गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘युग कलियुग भएपनि तर सत्यको जित हुन्छ।’ उनले स्ट्यास राखेको केही घण्टा बितिसकेको छ। तर यादवको ज्यान गएको खबर केही समयअघि मात्र सार्वजनिक भएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds