जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघास्थित एका बिहानैदेखि काठमाडौंबाट नारकोटिक्स विभागका टोली आएर छापामारी गरेको हो । विशेष सूचनाको आधारमा उनको घरमा छापामारी गरेको हो ।
विहानै काठमाडौंबाट आएको टोलीले नौसयविघा घर भएका माओवादीका नेता गणेश यादवको घरमा छापामारी सुरु गरेको थियो । सोही क्रममा उनको घरमा लुकाएर राखिएको बन्दुक समेत फेला परेको हो । बन्दुकको लाईसेन्स भएको बताईएको छ । यद्यपी, प्रशासनले केही बर्ष अगाडी नै सबै लाईसेन्सेड हतियार बुझाउन परिपत्र गरेको थियो ।
यादवले दुई कठ्ठा खेतमा लगाएको गाँजा खेती समेत नष्ट गरिएको हो । यादवले यसअघि पनि गाँजा तस्करी गर्दै आएका थिए । माओवादीको नेता भएको भन्दै माथिल्लो तहबाट उनलाई उन्मुक्ति दिन प्रशासनलाई दबाब भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको सहयोगमा विहानै छापामारी गरिएको थियो । यससँगै नेता यादवलाई समेत धनुषा प्रहरीले पक्राउ गरी लगेको हो ।