2024-04-26

Close

दिपेश कुमार साह/रौतहट । तराई मधेसका जिल्ला रौतहट बारा पार्सा सर्लाही धनुषा सप्तरी महोत्तरी लागएत सोमबार देखि चिसो ह्वात्तै बढ्न थालेको छ। बिहानको बाक्लो हुस्सु र शीतलहरका कारण विधार्थी, बालबालिका र वृद्धवृद्धाको जनजीवन कष्टकर बन्न थालेको छ।कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीय जिल्लावासी घरबाहिर निस्कन सकेका छैनन् ।वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् ।बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।यद्यपि, न्यानो कपडाका पसलमा ग्राहकको भीड बढेको छ भने सडकपेटीमा कपडा बढेको देखिन्छ । सडकपेटीमा सस्तो लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेको देखिन्छ। उनका अनुसार स्थानीयले न्यानो लुगा जोहो गर्न थालेका छन् ।कठ्यांग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारी साधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान ११ मिटरभन्दा पर देख्न सकिँदैन, सवारी साधन कम गतिमा बत्ती बालेर गुड्न थालेका छन् । हुस्सुले दुर्घटनाको जोखिम बढेको सवारी चालक बताउँछन् ।चिसोकै कारण बिरामीसमेत बढेका छन् भने चिसो कै कारण अहिलेसम्म रौतहट बारा पर्सा सर्लाही धनुषा सप्तरी महोत्तरी र तराई मधेसमा र रौतहटको पेटभार्वामा दुइओटा बालकको ज्यान गइसकेको छ।चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको कटहरिया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष कुमार यादवले बताए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पुर्‍याउनुपर्ने चिकित्सकको सुझाव छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds