2024-05-23

Close

नरेशचन्द्र बरबरिया, सिरहा । सिरहामा नगर स्तरीय गायन प्रतियोगिता सिरहाली आयडलको बिधिवत उद्घाटन भएको छ । सलहेश कला मन्दिर सिरहाको आयोजना र सिरहा नगरपालिकाको मुख्य सहयोगमा शनिवार सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादवले उद्घाटन गरेका हुन ।
सिरहाको चन्द्र उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बिच सिरहाली आयडलको उद्घाटन भएको हो ।
सिरहा नगरपालिकाका नगर प्रमुख यादवले सिरहा नगरपालिका भित्र रहेका १ देखि २२ वटै वडा बाट ईकछुक व्यक्तिहरु सिरहाली आयडलमा भाग लिन पाउने छन । नगरभित्र दबिएका कलाकारहरुलाई एउटा स्थान प्रदान गरिएको र १५ गते भित्र अडिसनमा सहभागी हुन यादवले आग्रह गरेका छन ।
सिरहा नगरपालिकामा छिट्टै प्रदेश र जिल्ला स्तरीय गायन प्रतियोगिता कार्यक्रम हुने यादवले बताए ।
सिरहा नगरपालिकामा कला साँस्कृतिक बिकास, सम्वर्धन प्रवर्धनक संगै गीत-संगीत, नृत्यकला एवम् अभिनय संग जुडेको कलाकारको पुर्नस्थापना हुने सलहेश कला मन्दिरका अध्यक्ष प्रकाश दास मानसले बताएका छन ।

उक्त कार्यक्रममा सिरहा नगरपालिकाका उप-प्रमुख बबिता साह, नेता आशा यादव, मधेश प्रदेशका स्काउटका अध्यक्ष दिनेश यादव, सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित यादव, लगायत बुद्धिजीवी राजनितिकर्मी, पत्रकार शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, किसान व्यापारी, कलाकार लगायतको सहभागी रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds