2024-04-25

Close

विपिन कुमार यादव ,जनकपुरधाम, असार २५ : नेपाल सरकारको निर्देशन बमोजिम डिसहोम नेपालले भारतको न्युज च्यानलहरु बन्द गरेपछि असन्तुष्टि बढ्न थालेको छ । जनकपुरधाममा समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले सञ्चारमन्त्रीको खडो आदेशमा विदेशी च्यानलहरु बन्द गरेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ ।


उनीहरुले नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभरि छरिएकाले कुनै पनि सञ्चारको हक खोस्न नहुने भन्दै नेपाल सरकारको यो निति निरंकुश शासनको उदाहरण रहेको बताए । आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिशहोमलाई बहिष्कार गर्ने र यहाँको विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले डिशहोम मुर्दावाद नेपाल सरकार मुर्दावाद निरंकुश शासन बन्द गर सहितका नाराहरु लगाएका छन् । उनीहरुले सरकारको हरेक गतिविधी जनता विरोधी रहेको र निरंकुशता लाद्दन चाहेको समेत बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds