2024-04-20

Close

श्याम गुप्ता
बारा, १५ माघ – बाराकाे टाँगियाबस्तीमा ईलाका प्रहरी कार्यालय निजगढ र सव डिभिजन वन कार्यालय तामागढिबाट सयुक्त खटिएको टोलिले छापामारी काठ बरामद गरेको छ ।
जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्तीबाट करिब ४१.१ क्युवफिट काठ बरामद गरेको हो ।
उक्त टोलका अधिकांस परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर परिषरमा लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद भएको थियोे ।
डिभिजन वन कार्यालय बाराका फोरेष्टर मुकेश कुमार दासको नेतृत्वमा रहेको टोलीले अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा २ थान गोलिया र चिरान गरि राखिएको ५६ थान गरि ४१.१ क्यु फिट काठ बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।
बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय तामागढिमा घाटगद्धी गरि राखिएको छ ।
बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।
वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी काठ तस्करी हुँने गरेको छ ।
वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेमा अधिकाशं स्थानीय नैं रहेको वन सरोकारवालाहरुको भनाई रहेकाे छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds