लोकसेवा विधेयक पारित, प्रदेश २ मा कर्मचारी भर्नाको बाटो खुल्यो

रूपेश कुमार यादव ,
जनकपुरधाम, साउन २२ । प्रदेश नं. २को प्रदेश सभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।
विधेयकमाथि नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपाका सदस्य गोविन्द न्यौपानेले राख्नु भएको जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाव दिनु भएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न भन्नु हुँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफनै कर्मचारी भर्ना गरेर सरकार संचालन सहज बनाउने बताउनु भयो ।

बिज्ञापन


लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।