2024-04-25

Close

काठमाडौं । नेपाल भेटरिनरी एशोसियसनले बागमती प्रदेश लोकसेवा आयोगले आफ्नो निर्णय तत्काल नसच्याए कडा संघर्षमा जाने चेतवानी दिएको छ ।

आयोगको कार्यालय हेटौडाले माघ १० गते प्रदेशका विभिन्न सात वटा स्थानीयतहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा भेटरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको पदपूर्तिको निम्ति एक तह माथिको आवस्यक न्यूनतम शैक्षिक योग्यता राखी ‘पशु चिकित्सा शास्त्रमा स्तातकोपाधि’ सूचना प्रकाशित गरिएकोमा एसोसियसनले आपत्ति जनाएको हो ।

एसोशियसनले उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्याउन अनुरोध गरेको छ । साथै स्थानीयतहहरुमा रहने कृषि सेवाको भेटरिनरी समूहका पदहरु र कर्मचारी संख्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दबरन्दी तेरीजमा व्यवस्था भएकोमा पशु चिकित्सकको दरबन्दी सातौं र आठौ हुने प्रस्ट उल्लेख रहेको समेत एशोसियसनले जनाएको छ ।

‘बागमती प्रदेश लोक सेवा आयोगलाई उक्त बिज्ञापन अन्तर्गत उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दछौं,’ एशोसियसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अन्यथा यस एसोसिएसन बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकार बिरुद् कडा भन्दा कडा सङघर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुनेछ । उक्त सङघर्षबाट सिर्जित कठिनाइको जिम्मेबारी पनि बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकारकै हुनेछ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds