2024-04-24

Close

रौतहट । रौतहटमा भवन बनेको तीन वर्ष भई सक्दासमेत प्रसूति गृह सञ्चालनमा आउन सकेको छैन ।

जिल्लाको गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवनमा प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासी सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता छ ।

तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि अनुमति भएका कारण स्थानीयलाई प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता छ । राति सुत्केरी व्यथा लाग्दा समस्या पर्ने उनीहरू बताउँछन् ।

रंगपुर स्वास्थ्य चौकी मातहतमा रहेको रहेको प्रसूति गृह भवन करिब ४१ लाखको लागतमा बनेको हो । ४१ लाखमा तीन कोठे भवन मात्र बनेको र त्यसमै आर्थिक अनियमितता भएको स्थानीयको आरोप छ ।

सो भवनमा प्रसूतिगृह सञ्चालनमा नआएका कारण स्वास्थ्य चौकीको सामान्य काम रंगपुर स्वास्थ्य चौकीबाटै हुने गरेको प्रमुख भुपेन्द्र चौधरीले जानकारी दिए । गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds