2024-04-19

Close

काठमाडौं । सशस्त्र प्रहरी बलमा ७० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) खाली हुँदा पनि बढुवा हुन सकेको छैन ।

बढुवा नहुँदा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालमाथि भने नियमावली संशोधनमा अल्झिएको आरोप लागेको छ ।

इन्स्पेक्टरमा भर्ना भएकाहरू १६ वर्षदेखि बढुवा हुन पाएका छैनन् । त्यसलाई पनि उनले घर जाने बेलामा लत्याएर अझ लम्ब्याउन खोजेको आरोप आईजीपी खनालमाथि लागेको छ ।

‘१६ वर्ष एउटै पदमा जागिर खायौं माथि ७० जना खाली छ तर बढुवा हुँदैन,’ एक इन्स्पेक्टरले भने, ‘आईजी सा’बले बढुवा गर्नुहुन्छ कि भन्ने थियो तर उहाँ बिदा बसेर त्यसलाई लम्ब्याउन खोज्दै हुनुहुन्छ ।’

त्यति मात्र होइन, सशस्त्रमा घर जाने समयमा बढुवा नगरेर आफू अनुकूलका मानिसहरूलाई बढुवा गर्न चलखेलमा आईजीपी लागेको आरोप पनि लागेको छ ।

सशस्त्र स्रोतका अनुसार सि.सं ४ मा भर्ना एक जना बाहेक सबै इन्स्पेक्टरहरू बढुवा भएका छन् । ती एक जनालाई ‘बाइपास’ गरेर आईजीपी खनालले हालका केन्द्रका लेखापाल गणेश मल्ललाई बढुवा गर्न लागिपरेको स्रोतले बतायो ।

आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै आईजीपीले नियमावली संशोधन गरेर उनलाई बढुवा गर्न खोजेपछि सशस्त्र प्रहरीमा विरोधका स्वरहरू उठेका छन् ।

यदि सरकारले निर्वाचनको मिति घोषणा गरेको खण्डमा उनीहरूको बढुवा अझ एक वर्ष लम्बिने भएपछि उनीहरूमा झन् चिन्ता थपिएको छ ।

‘उहाँले बढुवा गर्नु भएन भने अर्को आईजी साब छोटो समयका लागि आउनुहुन्छ । अर्को आईजीपी साब आइसक्दा निर्वाचन भयो भने बढुवा हुन अर्को एक वर्ष लाग्ने देखियो,’ अर्का इन्स्पेक्टरले भने ।

त्यतिमात्र होइन धेरै आउट बोर्डर पोष्ट (बीओपी) को समय पुग्दासमेत आईजीपीले सरुवासमेत गर्न सकेका छैनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds