2024-04-27

Close

घोडाघोडी नगरपालिका वार्ड न ९ मा आज अति बिपन्न ५ परिवारलाई केही नहुनेका लागि हामी छौ अभियानले खाधान्न सामाग्री सहयोग बितरण गरेको छ।
युवा ब्यबसायी गोबिन्द बुढा को आर्थिक सहयोग मा बुढाकै उपस्थिति मा खाधान्न सामग्री बितरण गरिएको हो ।

अभियानमा युवा तथा प्राध्यापकहरु जोडिनु भएको छ। घोडाघोडी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, रास्ट्रिय कलेज सुखड्का कलेज प्रमुख कर्ण भण्डारी, प्राध्यापक जानू भण्डारी, घोडाघोडी उधोग बाणिज्य संघका पुर्ब उपाध्यक्ष होम प्रसाद आचार्य, युवा ब्यबसायी थम्मन बोहरा, युवा तथा बिद्यार्थी धर्मेन्द्र बिष्ट लगायतका अभियान्ता हरु जोडिनु भएको छ।

यस्ता सहयोग निरन्तर हुनुपर्ने आजका सहभागी ईलाका प्रहरी कार्यालय सुखडका इन्सपेक्टर हरि शरण भट्टले बताए । बिपन्न परिवारलाई सहयोग गर्न पाउदा खुसी लागेको युवा व्यावसायि बुढाले बताउनु भयो ।

पहिले पनि वार्ड नम्बर ९ को जनता आधारभुत बिद्यालय लगायत अन्य ठाउँको कोरोन्टाइनमा बसेका मानिस हरुलाई मासु चिउरा खुवाएका थिए । यस्तो महामारीको अवस्थामा सकेको सहयोग गर्न युवा व्यावसायि बुढाले अपिल समेत गरेका छन् ।
यो अभियान जारी रहने र अभियानमा जोडिन र सहयोग गर्न चाहानेका लागि स्वागत गर्न आतुर रहेको अभियानका अभियान्ता कर्ण भण्डारीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds