2024-04-19

Close

श्याम गुप्ता
बारा, २८ माघ || बाराकाे जीतपुर वडा नं.७ स्थित जीतपुरसिमरा उपमहानगरपालिकाकाे कार्यालयमा वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सरकारी सम्पत्ती तोडफोड गरेको भन्दै चाैतर्फी आलोचना भईरहेको छ ।
समस्या समाधानको बिभिन्न विकल्प हुँदाहुँदै तोडफोडमा उत्रनु गलत भएको प्रतिक्रिया नगरका बासिन्दाबाट आउँन थालेको हाे ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का अध्यक्ष भोजबहादुर खत्रीले कार्यालयमा तोडफोडको विषय आपत्ती जनक रहेको बताए । उनले कार्यपालिका बैठक भित्र छलफल गरेर टुंग्याउँनु पर्ने भए पनि वडाध्यक्षको गरिमा बिर्सेर तोडफोड गर्नु गलत रहेको बताए ।
वडाध्यक्ष खत्रीले तत्काल कार्यपालिका बैठक राखेर यस विषयमा छलफल हुँनुपर्ने बताए । वडा नं.१६ का वडाध्यक्ष केदारनाथ बजगाईंले पनि वडाध्यक्ष जनताले मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिले कार्यालय तोडफोड गर्नु अत्यन्तै दुःखद् रहेको बताए ।
यस्तै नगरकाे वडा नं.११ का अध्यक्ष विनोद यादवले जिम्मेवार व्यक्तिबाटै तोडफोड हुँनु अत्यन्तै निन्दनिय विषय रहेको बताएका छन् । उनले यस्तो घटनाले जनप्रतिनिधिप्रति आमजनताको धारणा नकारात्मक हुँने बताए ।
त्यस्तै वडा नं.७ का अध्यक्ष रामबाबु गुप्ताले सार्वजनिक सम्पत्ती तोडफोड गर्ने कार्य उचित नभएको प्रतिक्रिया दिएका छन् । काम गर्ने क्रममा समस्या आए त्यसलाई छलफलबाट टुंग्याउँनु पर्ने भए पनि कार्यलयमा तोडफोड गर्ने कार्य दुःखद् रहेको गुप्ताको भनाई छ । घटनाको विषयलाई लिएर सामाजिक संजालमा समेत चौतर्फी आलोचना भईरहेको छ ।
योजना सम्झौताको विषयलाई लिएर वडाध्यक्ष नैं तोडफोडमा उत्रिए पछि जीतपुरसिमरा उपमहानगरपालिकाको कामकाज अन्यौल बनेको छ । वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति नैं तोडफोडमा उत्रिए पछि कर्मचारीहरु कार्यालयमा पुगेर काम गर्ने मनस्थितीमा छैनन् ।
कर्मचारी कार्यालयमा नआए नियमित कामकाज प्रभावित हुँने छ । उपमहानगरपालिकाको कार्यालयमा विहिवार भएको घटना पछि अधिकांश कर्मचारी त्रसित देखिएका छन् । उनिहरुले स्थिती सामान्य नभए सम्म काममा फर्कनुको औचित्य नरहेको बताउँन भन्दै छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा विहिवार दिउँसो वडाअध्यक्षले तोडफोड गरेका थिए । योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोसित १७ नं.वडाका अध्यक्ष नवराज खड्का तोडफोडमा उत्रिएका थिए ।
बजेट सिलिङ्ग भित्र वडाले छानेका योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रासित खड्काले नगर प्रमुख डा.कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकिय चेत कुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामाग्रीमा क्षती पुगेको छ ।
यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर सामाग्री तोडफोड भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds