2024-04-24

Close

महेश सिंह सिरहा लहान – सप्तरीको बोदेबर्सान नगरपालिकामा वाडा नम्बर ४ मा स्थानीय मनकारी समाजसेबी युवा प्रेम साहले चिसोबाट जोगिन अती बिपन्न परिवारलाई कमल वितरण गरेका छन्।

चिसो छ्लन ब्योवृद्धलाई समस्या भएकोले उक्त समस्याको मध्य नजर गर्दै साहले न्यानो कपडा बितरण गरिएको छ।
नयाँ वर्षको उपलक्ष्यमा गरिबलाई कम्बल बाडेर दिन बिताएको युवा समाजसेवी सरोज कुमार साह उर्फ प्रेम साहले जानकारी दिनु भयो।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ सिल्हट प्रसाहीको बिपन परिवार पाल र चौधरी समुदायलाई स्थानीय युवा समाजसेवी सरोज कुमार साह,प्रेम द्वारा अति बिपन्न परिवारका ३५ घरधुरीका पाल र चौधरी समुदायमा न्यानो कपडा बितरण गरिएको हो।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ प्रसाहीगाउँमा जन्मेका युवा समाजसेवी सरोज कुमार साह उर्फ प्रेमले ब्यक्तीगत आर्थिक लगानीमा कमल सहयोग गरेका छन्।

तराई मधेसमा निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित बन्दै गरेका छन्।
बिहानैदेखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या परेकाे साहले बताए।

विगतका धेरै वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण हाम्रो गाउँठाउमा सहयोग राम्रो भएकोले उनले बताए।आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने मुसहर समुदायलाई न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् ।

जाडोको सिजन शुरु हुँदा लुगा किन्ने पैसा थिएन मनकारी भावना बोकेका साहले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गणेश सदायले बताए।यस कार्यक्रम अन्तर्गत सहयोग गर्ने स्थानीय घनश्याम साह, कृष्णा साह, सन्तोष साह लगायतका युवाहरुको उपस्थितिमा न्यानो कपडा बितरणमा सहयोग पुर्याएका थियो ।

एक घर एक कम्बल सबैमिलि बचाउ,गरिबको जीवन”भने नाराका साथ सहयोग गर्ने युवा समाजसेवी सरोज कुमार साह प्रेमको छोरा शारंस साहले सम्पुर्ण सहयोग गर्ने इक्छुक युवा, समाजसेवी, अभियानकर्तालाई सहयोगको अपिल गरेका छन।केही दिन अगाडि समाजसेवी साहले सिल्हटका दलित बिपन्न मुसहर समुदायका ४६ परिवारका सदस्यलाई न्यानो कपडा बितरण गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds