जनकपुरधाम । समाजवादी ईन्जिनियरिङ्ग एसोसिएसन नेपालको केन्द्रीय सदस्य र मधेस प्रदेश संयोजकमा ई. रोशन यादव मनोनित भएका छन् ।
एसोसिएसनका अध्यक्ष ई. गोविन्द पौडेल र महासचिव ई. विरोध रिजालले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य र प्रदेश संयोजकको जिम्मेवारी ई. यादवलाई दिएको जानकारी दिएका हुन् ।
मुलुक निर्माणमा अग्रणी भूमिका रहने सम्पूर्ण इन्जिनियरिङ पेशाकर्मीहरूको साझा संगठन समाजवादी इन्जिनियरिङ् एसोसियसन नेपाल (सीन) को मिति २०७८ साल कार्तिक १४ गते काठमाडौँमा सम्पन्न भेलाबाट यस संगठनको केन्द्रिय समिति गठन भएको विज्ञप्तिमा उल्लेख छ ।
विगतको योगदान र हालको क्रियाशीलतालाई मूल्यांकन गरि समाजवादी इन्जिनियरिङ् एसोसियसन नेपाल (सीन) को केन्द्रिय कमिटी सदस्यको रुपमा ई. यादवलाई प्रदेश संयोजक र केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
सङ्गठनलाई रचनात्मक तवरले माथि उठाउन, समग्र इन्जिनियरिङ् क्षेत्रमा सकारात्मक प्रभाव पार्न तथा मुलुकको समाजवादी यात्रामा ई. यादवको महत्वपूर्ण योगदान रहने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।
सिरहा नगरपालिका घर भएका ई.यादव यूवामाझमा चर्चित छन् । युवा माझमा सक्रिय भुमिका निर्वाह गरेका समाजसेवीको छवि बनाएका ई.यादव छन् । उनी समाजवादी ईन्जिनियरिङ्ग एसोसिएसनको केन्द्रीय सदस्य र मधेश प्रदेशको संयोजकमा मनोनित भएमा सामाजिक संजालमा थुप्रै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।